क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बाटोहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ ।
नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाइँदै आएको ढाट हटाइने भएको हो । शिवसताक्षी नगरपालिकामा रिपोटर्स क्लब नेपाल मेची शाखाको आयोजनामा भएको साक्षत्कर कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले सवारी साधनलाई दैनिक रुपमा कर उठाउँदा साना सवारीलाई समस्या र दुर्घटनाको जोखिम रहेको जनगुनासो बढेपछि ढाट हटाउने विषयमा छलफल भइरहेको जानकारी गराए ।
नगरमा गरिने सवारी साधन दर्ता र नविकरणमा लाग्ने करलाई समायोजन गरी नगरका बाटाहरुमा लगाइदै आएको ढाट आगामी आवबाट हटाइने बताए । नगरमा भएका सबै सवारी साधन र सवारी चालकको विवरण नगरले राख्ने र प्रत्येक सवारी साधनलाई अनिवार्य रुपमा नगरमा दर्ता र नविकरण गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो ।
नगरमा भएका युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरुलाई स्वरोजार बनाउन नगरपालिकाले सहयोग गर्ने नगरप्रमुखको भनाइ छ । युवाहरुले आफूले गर्ने उद्यमको पहिचान गरी नगरपालिकालसँग सम्पर्क गरे उद्यमको प्रकृति हेरी त्यसमा लाग्ने प्रविधि उपलब्ध गराउँदै युवा विदेशिने परम्परालाई निरुत्साहित गर्दै लगिने नगर प्रमुख थोप्राले सुझाए ।
हाम्रो नगर उज्यालो शहर अन्तर्गत नगरका मुख्य बजारहरुमा सीसी क्यामेरा जडान गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरका माइधार, झिलझिले, शिवगञ्ज, दूधेलगायतका मुख्य बजारहरुमा सीसी क्यामेरा जडान गरी बजारमा हुने चोरी, सवारी दुर्घटना जस्ता कार्यहरु निरुसात्साहित गर्न बल पुग्ने नगरप्रमुख थोप्राले थपे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले नगरपालिकाले लगानी गरेका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुबाट कर उठाउनै पर्ने बताए ।