जर्मनीका पूर्व मिडफिल्डर मेस्टु ओजिल टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित भएका छन् । बुधबार टर्किस क्लब फेनरबाचे छोडेका ओजिललाई अनुबन्ध गरेको इस्तानबुलले सामाजिक संजाल जनाएको छ । फेनरबाचेसँगको सम्झौता दुई वर्ष बाँकी रहदै इस्तानबुलमा अनुबन्ध भएका हुन् ।
ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए । ३३ वर्षीय ओजिलले गत सिजन फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए । ओजिलले सन् २०१८ को रसिया विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषण गरेका थिए । रसिया विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।