पाकिस्तानका कप्तान बाबर विराटको समर्थनमा - Crazysaptahik.com

पाकिस्तानका कप्तान बाबर विराटको समर्थनमा

ग्रोइनको चोटका कारण इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा मात्र १६ रन बनाएका थिए । विराटले इङ्ल्याण्डविरुद्ध टी–ट्वान्टी पनि कमजोर प्रदर्शन गरेका थिए । टेस्टमा पनि नचलेका विराटलाई पाकिस्तानका कप्तान बाबरले चाडै फममा फर्कन सुझाव दिएका छन् । भारतीय समर्थक र क्रिकेट लिजेन्डहरुले कोहलीको आलोचना गरिरहेको समयमा बाबर भने समर्थनमा आएका हुन् ।

उनले यो समय पास हुनेछ, बलियो रहनुहोस् भनेर विराटसँगको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । विराट वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजको लागि टिममा छैनन् ।त्यस्तै विराटको फमको विषयमा भारतीय कप्तान रोहित शर्माले पनि समर्थन जनाएका छन् ।

उनले लामो समय उत्कृष्ट फममा रहेका खेलाडी केही समय कमजोर बन्दा टिममा नै नराख्ने कुरा नहुने बताए । ‘लामो समय उत्कृष्ट फममा रहेका खेलाडीले केही खेलमा कमजोर प्रदर्शन गर्दा टिममा नै नराख्ने भन्ने हुन्न । उनी चाँडै फममा आउनेछन्,’ रोहितले खेलपछि भने ।

सम्बन्धित खवर