क्रेजी संवाददाता
पथरी । प्रहरीले पथरीशनिश्चरेमा ब्राउन सुगर सहित ६ युवालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ६ युवा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतमले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका छन् ।
मोरङको पथरीशनिश्चरे वडा नं. ४ र ७ को सिमानामा रहेको कोशेली चौकबाट ५० मिलिग्राम ब्राउन सुगर सहित प्रयोगकर्ता वडा नम्बर २ बस्ने २३ वर्षीय विवेक दर्जी र वडा नम्बर ७ बस्ने १७ वर्षीय सन्देश राईलाई १२ गते पक्राउ गरेको हो ।
निजहरु माथि अनुसन्धान गर्ने क्रममा थप कारोबारीसँगै प्रयोगकर्ता पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे १ निवासी विपिन थापा र रत्न चौक बस्ने दिपेश सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
ब्राउन सुगर किनेर ल्याएको बताएपछि प्रहरीले अन्दाजी ३५÷४० वर्षीय थापालाई नियन्त्रणमा लिई घर तथा उनलाई चेक जाच गर्ने क्रममा १ ग्राम ६ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो ।
यस्तै सुष्म अनुसन्धानपछि सार्कीलाई भने २७ गते माकालु चौक स्थितबाट ३५ पोका ब्राउन सुगर २५ मिलिग्राम सहित उक्राउ गरिएको हो ।
सेवनकर्ता तथा अन्य बेचबिखन गर्ने व्यक्ति उपर अनुसन्धान तथा पक्राउ गर्ने क्रममा वडा नम्बर १ बस्ने २५ वर्षीय सार्कीलाई नियन्त्रणमा लिइको थियो । यसरी प्रहरीले हालसम्म जम्मा ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै डिएसपी गौतमले भने – ‘पथरीशनिश्चरेमा जति पनि चोरीका घटनाहरु भइरहेका छन् यो सबै लागूऔषधकै कारणले भइरहेको छ भन्ने मलाई लागेको छ । यसैले हामी सबै मिलेर यसको अन्त्य गर्नुपर्छ ।’