क्रेजी संवाददाता
पथरी– मोरङको पथरीशनिश्चरे ९ मा पानीमा डुबी एक बालिकाको ज्यान गएको छ । तेह्रथुम जिल्ला छथर घर भई पथरीशनिश्चरे ९ मा कोठा भाडा गरी बस्दै आएका कुमार लिम्बूको १९ महिनाको छोरी स्नेहा लिम्बूको मृत्यु भएको हो ।
घरको आगनमा खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबी बगाइ रहेको अवस्थामा स्थानियले देखी बाहिर निकाल्दा वालिकाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ । स्थानियले बालिकाको शव भेट्नसाथ प्रहरीचौकी कुशेलाई खबर गरेका थिए । प्रहरीले घटनाको थप आवश्यक अनुसन्धान शुरु गरि बालिकाको शवलाई पोस्टमार्टमका लागी मदन भण्डारी अस्पाल तथा ट्रमा सेन्टर पठाएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।