‘मेस्सीले करियरको अन्त्य बार्सिलोनाबाटै गर्नेछन्’ - Crazysaptahik.com

‘मेस्सीले करियरको अन्त्य बार्सिलोनाबाटै गर्नेछन्’

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पूर्व कप्तान लियोनेल मेस्सीले आफ्नो खेल करियरको अन्त्य बार्सिलोनाबाट गर्ने बताएका छन् । ​इएसपीएन स्पोर्ट्सँगको कुराकानीमा लापोर्टाले आफूहरूले मेस्सीलाई बार्सिलोनामा फर्काउने उपाय खोजिरहेको बताएका हुन् । मेस्सी गत सिजन मात्र बार्सिलोनाबाट २१ वर्षे खेल जीवन बिताएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा गएका थिए ।

‘मलाई आशा छ मेस्सीको बार्सिलोना अध्याय समाप्त भएको छैन । मेस्सीलाई बार्सिलोनाबाट नै खेल जीवन अन्त्य गर्ने बाटो मिलाउने हाम्रो जिम्मेवारी हो,’ लापोर्टाले थपे, ‘हामी त्यो क्षणको खोजीमा छौँ जहाँ मेस्सीले आफ्नो खेल जीवनको अन्त्य बार्सिलोनामा नै गर्नेछन्,’ लापोर्टाले भने ।

लापोर्टाले बार्सिलोनाका लागि मेस्सी उत्कृष्ट खेलाडी भएको र सधैँ रहिरहने बताएका छन् । उनले आफूले पनि व्यक्तिगत रूपमा मेस्सीलाई पछ्याउने गरेको बताए । लापोर्टाले मेस्सीलाई खेलाडीको रूपमा ल्याउन नसके पनि प्रशिक्षक या अन्य कुनै भूमिका उनलाई क्लबमा एक पटक फर्केको आफूले हेर्न चाहेको बताए ।

सम्बन्धित खवर