स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता क्लब अमेरिकाले लिएको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याए । ५५ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा अल्भारो फिडाल्गोले पेनाल्टीमा गोल गर्दै क्लब अमेरिकालाई २–२ गोलको बराबरीमा ल्याएका थिए । प्रि सिजन टुरमा रियल अहिले अमेरिकामा छ । यसअघि रियल बार्सिलोनासँग पराजित भएको थियो ।