लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने - Crazysaptahik.com

लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने

फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लब विहीन छन् । स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए ।

तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका हुन् । उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन् । त्यसअघि उनी बार्सिलोना र लिभरपुलमा आवद्ध थिए ।

सम्बन्धित खवर