एथ्लेटिकोले पनि रोनाल्डोलाई नभित्र्याउने - Crazysaptahik.com

एथ्लेटिकोले पनि रोनाल्डोलाई नभित्र्याउने

केही दिनअघि क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले भित्र्याउन चाहेको समाचार बाहिरिएको थियो । रोनाल्डोलाई भित्र्याउन एथ्लेटिकोले एन्टोनियो ग्रिजमानलाई बेच्ने तयारीसमेत गरेको समाचारमा उल्लेख थियो । तर, एथ्लेटिकोका अध्यक्ष एनरिके सेरेजोले भने सो सम्भावनालाई खारेज गरेका छन् । उनले भने, ‘मलाई थाहा छैन कसले रोनाल्डो एथ्लेटिको आउने बारे यो कथा तयार गयो । तर यो साँचो होइन ।

उनी यहाँ आउने कुरा असम्भव छ,’ उनले भने । म्यानचेस्टर युनाइटेड यो सिजन च्याम्पियन्स लिगमा छनौट नभएपछि रोनाल्डो क्लब छाडेर जान चाहेका छन् । तर, हालसम्म उनलाई अनुबन्धन गर्ने क्लब फेला परेका छैनन् । मंगलबार क्यारिङटनमा रोनाल्डो र नयाँ प्रशिक्षक एरिक टेन हागबीच लामो समय छलफल भएको थियो ।

छलफलमा नयाँ क्लब नभेट्टाएसम्म रोनाल्डोले युनाइटेडसँग नै प्रशिक्षण गर्ने सहमति बनेको स्पोर्ट बाइबलले जनाएको छ । यसअघि रोनाल्डोलाई बायर्न म्युनिख, पीएसजी र चेल्सीले भित्र्याउन अस्वीकार गरेको थियो ।

सम्बन्धित खवर