गोलकिपर केयलर नाभासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन् । कोस्टारिकाका गोलकिपर टोलीमा पहिलो रोजाइमा नपरेपछि क्लब छाड्न लागेका हुन् । फ्रान्स छाडेर नाभास इटालियन सिरिए ए जाने बुझिएको छ । उनी नापोली जाने सम्भावना बढी रहेको कोइरे डेलो स्पोर्टले जनाएको छ ।
यद्यपि, नाभासको तलब समस्या हुनसक्ने बताइएको छ । नाभास पीएसजीमा सबैभन्दा बढी कामाइ गर्ने खेलाडीमध्येमा पर्दछन् । तर, नापोलीको पीएसजीजस्तो आर्थिक हैसियत छैन ।
तर नापोलीका अध्यक्ष आउरेलियो डी लाउरेन्टिस उनलाई भित्र्याउनेमा आशावादी रहेका छन् । नाभासलाई भित्र्याउन नसके नापोलीले उनको साटो चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई दोस्रो रोजाइमा राखेका छन् ।