क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेपमा स्थापित बालसेवा आधारभूत विद्यालयमा शनिबार सरसफाई गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, विद्यालयका पूर्व विद्यार्थीहरु र फाक्तेप फुटबल क्लबका खेलाडीहरुले विद्यालय सरसफाई गरिएको हो ।
बर्खे विदाको समयको अवसर पारेर विद्यालय परिसर र खेलमैदानमा देखिएको फोहोर मैलालाई सरसफाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् पत्रकार गोविन ल्वागुनले जानकारी दिनुभयो । वहाँले विद्यालय सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थीहरुसहित फाक्तेप फुटबल क्बलका पदाधिकारी, सदस्य र खेलाडीहरुको सहभागिता रहेको बताउनुभयो ।
विद्यालयका विद्यार्थीहरु बर्खे बिदामा छन्, अध्यक्ष ल्वागुनले भने–’बर्षाको समयमा विद्यालय परिसरभित्र वा खेलमैदानमा झारपात उम्रिनुका साथै प्लाष्टिक र कागजका टुक्राहरु छरपष्ट देखिएको कारण सरसफाई गरिएको हो ।; विद्यालय सरसफाई कार्यक्रममा स्थानीयवासीहरुको समेत उत्साहजनक सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।
फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले सामुदायिक विद्यालयप्रती समुदायभित्र सकारात्मक बिचार उत्पन्न गराउन यस्तो कार्यक्रमहरुले ठूलो परिवर्तन ल्याउने बताउनुभयो । सरसफाईमा क्लबका उपाध्यक्ष प्रेम भुर्तेल, सचिव सन्तोश शर्मा, सदस्यहरु पवन मगर, छबि कुइकेल, रन्जित मगर, रितेश मगरले सहभागिता जनाएका थिए ।
त्यस्तैं, सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका तर्फबाट अशोक शर्मा, प्रेम रोक्का थिए भने नेकपा (एकीकृत समाजवादीं) शिबसताक्षी–७ का वडा कमिटीका अध्यक्ष पूर्ण लावतीको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ ।