मार्टिन आर्सनलको नयाँ कप्तान - Crazysaptahik.com

मार्टिन आर्सनलको नयाँ कप्तान

मार्टिन ओडेगार्ड प्रिमियर लिग क्लब आर्सनलका नयाँ कप्तान नियुक्त भएका छन् । सन् २०२१ जनवरीमा स्पेनिस क्लब रियल मड्रिडबाट आर्सनल २३ वर्षीय मार्टिन त्यसअघि रियलबाट आर्सनल, रियल सोसिडाड जस्ता क्लबमा लोनमा गएका थिए ।

मार्टिनले आर्सनलका लागि लोनमा भएको समय र अनुबन्ध भइसकेपछि ६० खेल खेल्दै ९ गोल गरेका छन् । मार्टिन मार्च २०२१ देखि नर्वेको कप्तान भएका थिए । उनले राष्ट्रिय टोलीका लागि ४३ खेल खेलेका छन् । मार्टिनको कप्तानीमा टिमले ठूलो सफलता हात पार्ने आर्सनलले बताएको छ ।

सम्बन्धित खवर