जिससको ह्याट्रिकमा आर्सनलको सहज जित - Crazysaptahik.com

जिससको ह्याट्रिकमा आर्सनलको सहज जित

प्रिमियर लिग क्लब आर्सनलले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभियालाई ६–० गोल अन्तरले हराएको छ । इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरेका हुन् । बुकायो साका र एड्डी एनकेटिहले एक–एक गोल गरे ।

खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।१३ औँ मिनेटमा जिससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । १५ औँ मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ३–१ गोलको अग्रता बनायो ।

१९ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ४–० गोलको अग्रता बनायो । ७७ औँ मिनेटमा जिससले ह्याट्रिक पूरा गर्दै आर्सनलका लागि पाँचौं गोल गरे । ८८ औँ मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई ६–० को जित दिलाए ।

सम्बन्धित खवर