प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडडसँग १–० गोलको हार बेहोरेको छ । नर्वेको ओस्लोमा शनिबार भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको एट्लेटिकोका लागि फेलिक्सले दोस्रो हाफमा गोल गर्दै जित दिलाए ।
उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा युनाइटेड फ्रेडले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो । युनाइटेडले अर्को मैत्रीपूर्ण खेलमा आइतबार अर्को स्पेनिस क्लब रायो भायोकानोसँग खेल्नेछ । उक्त खेलमा रोनाल्डो पनि खेल्ने बताइएको छ ।