लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि - Crazysaptahik.com

लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि

म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक–एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । सिटीका लागि ७० औं मिनेटमा अल्भारेजले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याए । ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । प्रिमियर लिग विजेता सिटी र एफए कप विजेताले लिभरपुलले कम्युनिटी शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

सम्बन्धित खवर