साफ यु–२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता - Crazysaptahik.com

साफ यु–२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

साफ यु–२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १–० गोलले पछि परेको हो । खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ ।

यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ । यस्तै, आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको भारत तालिकाको तेस्रो स्थानमा छ ।

 

सम्बन्धित खवर