प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित म्यानचेस्टर युनाईटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १(१ गोलको बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १\० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो । खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए ।
तर, खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै खेल १\१ गोलको बराबरीमा ल्याए ।यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ । क्लब छाड्ने मन गरेको रोनाल्डो भने अन्तिम खेलमा उपलब्ध भएका थिए । क्लबको कमजोर प्रदर्शनसंगै रोनाल्डो युनाइटेड छोड्ने मनसायमा थिए ।