पथरीको एभरेष्टमा होटल म्यानेजमेन्ट पढाई हुने - Crazysaptahik.com

पथरीको एभरेष्टमा होटल म्यानेजमेन्ट पढाई हुने

क्रेजी संवाददाता
पथरी । एसइइपछि के पढ्ने ? पहिला अधिकांश विद्यार्थीको रोजाइ साइन्स वा म्यानेजमेन्ट हुन्थ्यो । तर, अहिले समय फेरिदै गएको छ । अवसर फेरिए र विद्यार्थीको मनस्थिति पनि फेरियो ।

यसैले अधिकांश विद्यार्थीको रोजाई बन्दै गएको छ, होटल म्यानेजमेन्ट । अब भने यो विषय मोरङको पथरीशनिश्चेर–१ स्थापित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलमा पनि अध्ययन सुरु हुने भएको छ ।

वि.सं. २०४३ सालमा स्थापित एभरेष्टमा यसअघि साइन्स र म्यानेजमेन्ट विषयको अध्ययन हुँदै आएको थियो भने यसै सेसनबाट होटल म्यानेजमेन्टको कक्षा सुरु हुनेभएको हो । यही साउन २१ गते शनिबार इन्ट्रान्स इक्जाम हुँदैछ भने २३ गतेबाट कक्षा सुरु हुने विद्यालयका निर्देशक रविन कन्दङ्वाले जानकारी दिए ।

एभरेष्टमा एसईई उत्तीर्णपछि प्लस २ इन होटल म्यानेजमेन्ट कक्षा ११ र १२ को कक्षाहरु सञ्चालन हुनेछन् । यस विषयको ‘प्राक्र्टिकल’ र ‘थेउरी’ दुवै गराइने एभरेष्टका होटल म्यानेजमेन्ट प्रमुख योगेश श्रेष्ठले जानकारी गराए । उनले थपे –‘हामी सुरुवातमा ४ वटा डिपार्टहरुको विषयमा विद्यार्थीहरुलाई विस्तृत रुपमा जानकारी गराउँनेछौं त्यससँगै अन्य सर्भिस र सेवाहरुको बारेमा जानकार गराउँदै लगिनेछ ।’

अतः पथरीको एभरेष्टमै होटल म्यानेजमेन्ट विषय अध्ययन हुने भएपछि टाढा गएर अध्ययन गर्नुपर्ने समस्याबाट विद्यार्थीहरुले राहत पाउने आशा गरिएको छ ।

सम्बन्धित खवर