एभरेष्टका २० जना विद्यार्थी सितेरियो कराँतेमा ग्रेडिङ - Crazysaptahik.com

एभरेष्टका २० जना विद्यार्थी सितेरियो कराँतेमा ग्रेडिङ

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका २० जना विद्यार्थी सितेरियो कराँतेमा ग्रेडिङ भएका छन् ।

राष्ट्रिय कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्राले सो स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आउनुभएको छ । सो स्कुलमा ३० जना विद्यार्थीले प्रशिक्षण लिँदै आएकोमा २० जना ग्रेडिङमा परेका हुन् । एकेएफ रेफ्री कुन्ती गुरुङले ग्रेडिङ गर्नुभएको हो ।

विद्यार्थीहरु इस्टेप ओरेन्जदेखी ब्राउन बेल्डसम्म ग्रेडिङमा परेका हुन् । सो स्कुलका ४ जना विद्यार्थीलाई ब्याकवेल्डमा ग्रेडिङ गरिसकिएको प्रशिक्षक थोप्राले बताउनुभयो । उहाँले वि.सं. २०७० सालदेखि विद्यार्थीहरूलाई सितेरियो कराँतेको प्रशिक्षण दिँदै आउनुभएको स्कुलका निर्देशक रविन कन्दङ्वाले जानकारी दिनुभयो । प्रशिक्षक थोप्राले हाल उर्लाबारी ४ को थापाडागी, विद्याज्योती बोर्डिङ, नेशनल भिजन, सनसाईन, रतुवामाईको माउन्ट एभरेष्ट एकाडेमी लगायतका प्रशिक्षण दिँदै आउनुभएको छ ।

राष्ट्रिय कराँते प्रशिक्षक तथा थर्ड डन थोप्राले पूर्वी मोरङमा कराँतेप्रतिको आकर्षण बढाउँदै लैजानुभएको छ । स्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि साथै स्वदेश– विदेशमा सेना र प्रहरी, चौकीदार, बन्सर आदिका रुपमा काम गर्न सितेरियो कराँते सिकेका खेलाडीलाई बढी फाइदा हुने थोप्राले बताउनुभयो ।

सम्बन्धित खवर