कन्सर्टका लागि काठमाडौं आइपुगे अर्थर गन - Crazysaptahik.com

कन्सर्टका लागि काठमाडौं आइपुगे अर्थर गन

काठमाडौं । आफ्नो प्रथम नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) बुधबार काठमाडौं आइपुगेका छन् । अपरान्ह त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न फ्यानको भीड थियो ।

काठमाडौंमा जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् । विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । उनीसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।

उनले काठमाडौंसहित मुलुकका सात सहरका कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुँदैछ । काठमाडौंका अन्य दुई स्थानमा समेत कन्सर्ट हुँदैछ ।

आयोजक ब्रेन सर्भिसिङले उनको कन्सर्टको व्यवस्थापन हेरिरहेको छ । नेपाल बसाइमा उनले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने भएका छन् ।

हस्की स्वरले चर्चित उनलाई भव्य स्वागतसहित कलंकीस्थित घरमा लैजाने कार्यक्रम छ । सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आइपुगेका हुन् । गत महिना उनले लण्डनमा कन्सर्ट गरिसकेका छन् ।

सम्बन्धित खवर