केजी सम्वाददाता
पथरीशनिश्चरे– श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पथरी शनिश्चरे ४ मा स्थापित राधा कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । त्यही घुइँचो भित्र कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिन्छन् ।
मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो धुईचो रहेको थियो । स्वयंसेवकहरुले भक्तजनहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्थापन मिलाएका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मान्यताअनुसार आजको दिन व्रत बस्ने र कृष्णको पूजा गर्ने चलन छ ।
आज बिहानै देखी श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको राधाकृष्ण मन्दिरमा दिन भर पुजा आजाहुने र दिनको ठिक २ बजे लाख बत्ती प्रज्वलन गरिने साथै साझमा भजन कृतन साथै भब्य झाकी प्रदशन गरिने छ ।
आज राधा कृष्ण मन्दिरमा व्रतालुहरु रातभर जाग्राम बस्ने र रातको ठिक १२ श्रीकृष्णको जन्मउत्सव मनाउने साथै भोली ७ बजे रथ यात्रा गरिने तयारी रहेको मन्दिर व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष छत्रबहादुर बस्नेतले जानकारी दिए ।
कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गर्दछन् ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।