क्रेजी संवाददाता
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू हुने भन्दै सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गरेका छन् ।
बुधबार साँझ आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने बताएका हुन् । ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ ।’ उनले पोस्ट गरेको स्ट्याटस लेखेका छन् ।