बार्सिलोनाका उम्टिटी लेच्चेमा - Crazysaptahik.com

बार्सिलोनाका उम्टिटी लेच्चेमा

बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी इटालियन सिरी ए क्लब यूएस लेच्चेले अनुबन्धित भएका छन् । यो सिजन मात्र सिरी ए क्लबमा बढुवा भएको लेच्चेले उनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए ।

उनले बार्सिलोनाका लागि १३३ खेल खेलेका छन् । क्लबमा उनले २ ला लिगासहित ७ उपाधि जितेका छन् । सन् २०१८ को विश्वकप विजेता उम्टिटीले राष्ट्रिय टोलीका लागि ३१ खेल खेलेर ४ गोल गरेका छन् ।

सम्बन्धित खवर