केन्याविरुद्ध बलिङमा नेपाल - Crazysaptahik.com

केन्याविरुद्ध बलिङमा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा टस जितेर बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा केन्याले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।विवेक यादवको ठाउँमा बसिर अहमद खेल्ने भएका छन् ।

खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

सम्बन्धित खवर