बर्नमाउथको पोष्टमा लिभरपुलको ९ गोल - Crazysaptahik.com

बर्नमाउथको पोष्टमा लिभरपुलको ९ गोल

प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ९–० गोल अन्तरले हराएको हो । प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको चौथो खेलमा लिभरपुलले ९ गोल अन्तरले जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई–दुई गोल गरे । यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक एक गोल गरे ।

बर्नेमाउथका क्रिस मेपहमले एक गोल आत्मघाती गरे । पहिलो हाफमै पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो । सिजनमा लिभरपुलको यो पहिलो जित हो । जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ । यता पराजित बर्नेमाउथ ३ अंक ओडेर १६ औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर