उर्लाबारीको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम - Crazysaptahik.com

उर्लाबारीको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम

क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारी नगरपालिकाका निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हाल्नुभएको १ सय दिनको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख गंगा प्रसाद खरेलले प्रगति विवरण सार्वजानिकीकरण गर्नुभएको थियोे ।

नगरले सय दिनमा नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक सशक्तिकरण, भावी योजना तर्जुमा लगायतका कार्य गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी गराउनुभयो ।

नगरपालिकाका उप–प्रमुख मिना खतिवडा पौडेलले स्वागत मन्तव्य राख्नुहुँदै भन्नुभयो–‘हामी आएको सय दिनको यो अवसरमा खुशी बाड्न चाहन्छु, हामीलाई विश्वास गरेर विजयी गराउनुभएकोमा उर्लाबारीवासी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

कार्यक्रममा आठौं नगरसभाबाट पारित आ.व. २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पुस्तक सार्वजानिक गरिएको थियो । यस्तै नगर प्रमुख र उपस्थित स्थानीयहरु बीच प्रश्नोत्तर कार्यक्रम पनि भएको थियो ।

भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर