जनप्रतिनिधिको सक्रियतामा पथरी बजारको ढल व्यवस्थापन - Crazysaptahik.com

जनप्रतिनिधिको सक्रियतामा पथरी बजारको ढल व्यवस्थापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं –१ को जाँते मोडमा अवस्थित पूर्व–पश्चिम राजमार्गको छेवैको ढल सम्वन्धी समस्या समाधान भएको छ ।

वडा नं –१ को वडा कार्यालयले जेसिभी ब्याक्को र वारुण यन्त्रको प्रयोग गरी ढल निर्माण गरिएपछि बर्षात्को पानीलाई पथरी खोलामा निकास दिइएको हो ।

वर्षायाममा परेको अविरल झरी र पानी जमेर पथरी बजार नै दुर्गन्धित हुनेगरेको र ढलबाट फोहोर मैला सहितको पानी ढल मार्फत् निकास नहुँदा बजार र महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्डमा पानी जम्ने गरेको थियो ।

पुनः ढल निर्माण गरिएपछि बर्षात्को फोहोर पानी पथरी खोलामा निकास दिइएको वडाध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो । वडाध्यक्ष राईको अगुवाइमा भएको उक्त ढल व्यवस्थापन कार्यमा वडा सदस्यद्वय पुर्णबहादुर कार्की र सुरेशकुमार कार्की, समाजसेवी विजय डाँगी, लक्ष्मी थापा, शैक्षिक अभियन्ता प्रदिपकुमार राईको सक्रियता रहेको थियो ।

सम्बन्धित खवर