वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु - Crazysaptahik.com

वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु गरिएको छ ।

वडाको श्री सरस्वती आधारभूत विद्यालयमा शुद्ध खानेपानी, सफा चर्पी, खाजा बनाउने स्थान, डस्टबिनको अभाव जस्ता समस्या रहेको पाइएको छ ।

विपन्नताको कारण केही बिद्यार्थीहरुमा कापी किताब नभएको, स्कुल पोशाक नभएको र कक्षा अनुसार शिक्षकको अभावले एउटै कोठामा दुई वटा कक्षालाई पढाउनु पर्ने बाध्यता रहेको सो विद्यालयका प्रधानाध्यापक रमेश सुबेदीले बताउनुभयो ।

विद्यालयको सरसफाई, सफा खाजा, बिजुली पंखा, विद्यार्थी मैत्री सिकाईलाई प्रभावकारी रुपमा संचालन गर्न वडाका जनप्रतिनिधिहरुले सुझाव दिएका छन् ।

विद्यार्थीहरुलाई कापी कलम, किताव, शुद्द खानेपानी, ड्रेस यथासक्दो चाडो वडा कार्यालयको तर्फबाट उपलब्ध गराउने अध्यक्ष नैना राईले जनाएका छन् ।

सम्बन्धित खवर