मेकानिकल वर्कस युनियन पथरी गठन - Crazysaptahik.com

मेकानिकल वर्कस युनियन पथरी गठन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा मेकानिकल वर्कस युनियन पथरी गठन भएको छ ।

सोमबारका दिन मेकानिकल वर्कस यूनियन पथरीको भेलाले निम्न पदाधिकारी चयन गरेको हो ।
भेलाले अध्यक्षमा गंगाराम गिरी, उपाध्यक्षमा छोटु आलय, सचिव चित्रबहादुर खड्का (मनोज), सह–सचिव प्रदिप साह (शंकर) तथा कोषाध्यक्ष दिनेश खड्का सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरु क्रमशः अमित पौडेल, भेष राज मिश्र, बिक्की रोय, जुलन घतानी , संजीव खरेल र दिपेन्द्र राजवंशी रहेका छन् भने सल्लाहकारको रुपमा पुर्ण गहतराज, मदन राई, अरुन शाह, महमद आलम रहनुभएको छ ।

एकीकृत ट्रेड युनियन महासंघ प्रदेश कमिटी उपाध्यक्ष कुमार चाम्लिङ राईको प्रमुख आतिथ्यतामा तथा मेकानिकल वर्कस युनियनका केन्द्रीय इन्चार्ज तुलसी ढकालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ट्राफिक प्रहरी ईलाका पथरीका इञ्चार्ज, स्वतन्त्र सडक व्यापार श्रमिक संघका केन्द्रीय सदस्य देवि न्यौपाने, मेकानिकल वर्कसका जिल्ला सदस्य शन्तविर गहतराज, निर्माण तथा वन श्रमिक संगठनका नगर अध्यक्ष मिलन राईको आतिथ्यता रहेको थियो ।

निवर्तमान अध्यक्ष पुर्ण गहतराजको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष छोटु आलमको स्वागत तथा सचिव मदन राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर