एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा - Crazysaptahik.com

एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम चारमा पुगे ।

एपीएफको लगातार चार खेल रद्द भएको हो । यता सुदूरपश्चिमको भने एक खेलमा जित निकाल्दा दुई खेल रद्द भएको थियो । एपीएफ ४ खेल खेल्दै ४ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको हो । सुदूरपश्चिमले ४ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । एनआरएनएले ५ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

सम्बन्धित खवर