च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २–१ अन्तरले पराजित गरेको छ । समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २–१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १–१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २–१ ले विजयी भयो । जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।