मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सहज जीत - Crazysaptahik.com

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सहज जीत

कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि ३–० को सहज जीत हासिल गरेको छ । मायामीमा खेलिएको खेलमा लाउटारो मार्टिनेजले खेलको १६ औँ मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६९ औँ मिनेटमा अर्को गोल थप्दै मेस्सीले अर्जेन्टिनाको जीत सुनिश्चित गरे ।अर्जेन्टिना पछिल्ला ३४ खेलमा अपराजित रहेको छ । सन् २०१९ मा कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता टोली अपराजित रहेको छ । अर्जेन्टिनाले अर्को खेलमा मंगलबार जमैकाको सामना गर्नेछ ।

सम्बन्धित खवर