क्रेजी संवाददाता
पथरी । नेकपा एमालेले मोरङको क्षेत्र नं.३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो लगाएको छ ।
प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट प्राप्त गरेका छन् भने प्रदेशसभा ‘क’ मा दिलिप कुमार राई (किशोर) र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी निश्चित भएका छन् ।
प्रतिनिधिसभामा एक मात्र नाम ढकालको सर्वसम्मत सिफारिस भएसँगै सुनिश्चित भएको थियो भने प्रदेशसभाको टुङ्गो ढिलो गरी लागेको हो । ‘क’ बाट ११ जना इच्छुक भएका थिए भने ‘ख’ मा १३ जान इच्छुक भएका थिए ।
सोही सिफारिस मध्ये ‘क’ मा राई र ‘ख’ मा सुवेदी सुनिश्चित भएका हुन् । राई पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन भने सुवेदी बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख हुन् ।