क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पार्टी निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे–१ न. वडा कमिटीको आयोजनामा उम्मेद्वारसँग मंगलबार परिचयात्मक कार्यक्रम भएको छ ।
मंसिर ४ गते हुने मोरङ क्षेत्र ३ बाट प्रतिनिधि सभाको लागि उम्मेद्वार भानुभक्त ढकाल र मोरङ क्षेत्र न. ३ (क) का उम्मेद्वार दिलिपकुमार राई (किशोर)को सहभागिता रहेको थियो ।
पथरीशनिश्चरेको नगर पार्टी कार्यालयको हलमा मंगलबार निर्मला राईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी कोइराला सुवेदीले सञ्चालन गरेकी थिइन् ।