पथरीशनिश्चरे प्रिमियर लिग : रोयल किङ र सात बाघ विजयी - Crazysaptahik.com

पथरीशनिश्चरे प्रिमियर लिग : रोयल किङ र सात बाघ विजयी

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथि ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दह माथि ५ विकेटको जित हासिल गरेको छ ।

जितसँगै रोयल र सात बाघले लिगमा २÷२ अंक जोडेका छन् । पहिलो खेलमा मंगलबारेले दिएको १ सय ५६ रनको लक्ष्यलाई रोयलले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

रोयलका लागि महेश कार्कीले अर्धसतकीय पारी खेले । व्यक्तिगत ५७ रन बनाएर आउट भए । पाबेल राई अर्धसतक बनाउन चुके । राई ४६ रन बनाउदै आउट हुँदा दिपेश श्रेष्ठले १६ रन बनाए ।

मंगलबारेका लागि मिलन अधिकारीले २ विकेट लिए भने राकेश दाहाल, अभिषेक विक र रोहन गहतराजले १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मंगलबारेका योगेश श्रेष्ठले ५६ रन बनाए पनि टिमका जित हुन सकेन । निकेश बस्नेतले ४३ र दिपक राईले २४ रन बनाए ।

रोयलका लागि विश्व बस्नेत र भुपेन राईले २÷२ विकेट लिए भने दिपेश श्रेष्ठले १ विकेट लिए । महेश कार्की म्यान अफ दि म्याच भए ।

दोस्रो खेलमा सात बाघले क्लासिक एलाभेन हसहन्द माथि ५ विकेटको जित हासिल ग¥यो । सात बाघले १५ ओभर ५ बलमा निर्धारित १ सय ९ रन पूरा ग¥यो । उसका लागि निधित राईले ४४ र रहर लामाले २२ रनको योगदान गरे । केलिन राई १७ रन बनाएर आउट भए ।

हसहन्दका बुद्ध आलेले २ सोलोमन राई र संजिव धिमालले १÷१ विकेट लिए । त्यस अघि ब्याटिङ गरेको हसहन्दका सोलोमन राईले ३५ र संजिव राईले २९ रनको योगदान गरे ।

सात बाघका केलिन राई र दिपेश भण्डारीले २÷२ बिकेट लिदा दिप सुबेदी र अस्बिन महतका नाममा १÷१ बिकेट रह्यो । खेलको म्यान अफ दि म्याच निधित राई घोषित भए ।

सम्बन्धित खवर