एट्लेटिको म्याड्रिडले फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजमानलाई पुनः अनुबन्ध गरेको छ । बार्सिलोनाबाट क्लबमा भित्र्याउँदै उनलाई सन् २०२६ सम्मको करार दिइएको छ । सन् २०१९ मा एट्लेटिकोबाट १०.८ करोड पाउन्डमा ग्रिजमान बार्सा पुगेका थिए ।
उनी त्यतिबेला विश्वकै छैटौँ महँगो खेलाडीसमेत बनाएका थिए । बार्साका लागि १०२ खेलमा ३५ गोल गरेका उनी गत सिजन ऋणमा आफ्नो पुरानै क्लब फर्किएका थिए । ३१ वर्षीय खेलाडीले यो सिजन ११ खेलमा ३ गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गरेका छन् ।
यसमध्ये ३ वटा खेलमा मात्र उनले सुरुवात गरेका छन् । एट्लेटिकोमा रहँदा उनले युरोपा लिग, स्पेनिस सुपरकप र युईएफए सुपरकपको उपाधि जितेका छन् ।