क्रेजी संवाददाता
पथरी । लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ ।
आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हँुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ ।
आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर दिएको १९२ रनको लक्ष्य हसहन्दले पुरा गर्न सकेन । ४८ रन बनाएका हसहन्दका संन्जिव धिमाल आइतबारेका कप्तान द्रोणजंग बस्नेतको बलमा आर्मश राईबाट क्याच आउट भए ।
बुद्ध आलेमगरले २९ र निशान ढकालले १६ रन बनाउन बाहेक अन्यले हसहन्दका तर्फबाट गतिलो रन बनाउन सकेन्न । आइतबारेका द्रोणजंग बस्नेतले ५ बिकेट लिए । आइतबारेका शुसिल काफ्ले, फडिन्द्र पौडेल, आदर्श कार्की र समिर कटुवालले १÷१ बिकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको आइतबारेले २० ओभर खेल्दै ६ बिकेट गुमाउदै १९२ बनायो ।
जसका लागि संन्जय मुर्मुले अबिजित ८१ रनको योगदान दिए । सुशिल काफ्लेले ३७ र आर्मस राईले १३ रन बनाए । हसहन्दका संन्जिव धिमालले ३ बुद्ध आलेले २ र सोलोमान राईले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच संन्जय मुर्मु घोषित भए ।
दोस्रो खेलमा किर्तिपुर सात बाघ बिजयी भयो । सातबाघले मंगलबारे लेजेन्ड माथि ९८ रनको जित हासिल ग¥यो । सात बाघले दिएको १७३ रनको लक्ष्य पछ्याएको मंगलबारे १७ ओभर २ बलमा अलआउट हँुदै ७५ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले १७ र निकेश बस्नेतले १५ रन बनाउन बाहेक अन्य खेलाडीले उत्कृष्ट खेल्न सकेन ।
मंगलबारेलाई सस्तैमा समेटन २ ओभर बलिङ गरेका दिपेश भण्डारीले ११ रन दिदै ३ बिकेट लिए । सातबाघका अस्विन महत र दिप सुबेदीले समान २÷२ बिकेट लिए भने केलिन राई र रहर लामाको नाममा १÷१ बिकेट लिए ।
यसअघि ब्याटिङ गरेको किर्तिपुर सात बाघले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन बनायो । सात बाघका विवेक मोक्तानको ४४ केलिन राईको ४१ र अनिस लुइटेल ३९ रन बनाए ।
मंगलबारेका योगेश श्रेष्ठले २ तथा रोहन गहतराज राजेश दाहाल र डिकेन थापाले १÷१ बिकेट लिए । खेलको म्यान अफ फि म्याच केलिन राई घोषित भए । जितसँगै सात बाघ प्ले अफमा प्रवेश गरेको छ । खेलमा पराजित भए संगै मंगलबारे पनि लिग बाट बाहिरिएको छ । मंगलबार रोयल किङ र बिरेन्द्रनगर स्टिल टाइगर तथा दोस्रो खेलमा हिसाब किताब ट्राइडेन्स र बुद्ध युनाइटेड बिच खेल हुनेछ ।
मंगलबारको खेलमा बुद्ध युनाइटेड पराजित भए क्लासिक एलाभेन हसहन्द प्लेअफमा प्रबेश गर्ने छ । रोयल किङ र सातबाघ प्ले अफ प्रबेश गर्दा हसहन्दलाई बुद्ध र हिसाबकिताबको खेलमा भर पर्नु पर्नेछ ।
तेस्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको तिनै संस्करणमा सात बाघ र रोयलले प्ले अफको खेल खेल्ने छन् । पहिलो संंस्करणको विजेता रोयल र दोस्रो संस्करणको बिजेता सात बाघ हो । कात्तिक ६ सम्म सन्चालन हुने लिगमा नगर भित्रका ८ फ्रेन्चाइज क्लबको सहभागिता रहनेछ । नगर भित्रका क्रिकेट खेलाडीलाई अक्सन मार्फत् क्लबले अनुवन्धन गरेका हुन् ।