युवा संघ नेपाल पथरीशनिश्चरेद्वारा ‘युवासँग उम्मेद्वार’ कार्यक्रम - Crazysaptahik.com

युवा संघ नेपाल पथरीशनिश्चरेद्वारा ‘युवासँग उम्मेद्वार’ कार्यक्रम

क्रेजी संवाददाता
पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको आयोजनामा ‘युवासँग उम्मेद्वार कार्यक्रम’ सम्पन्न भएको छ ।

शनिबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पार्टी प्यालेसमा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं. ३ का उम्मेद्वारहरुले आफ्ना कुरा राखेका थिए ।

प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, प्रदेश कमिटी सदस्य उम्मेद्वार तथा पथरीशनिश्चरेका निवर्तमान मेयर दिलिपकुमार राई (किशोर) र समानुपातिक उम्मेद्वार नरनाथ लुइटेलले आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए । युवा संघ पथरीशनिश्चरेका अध्यक्ष किसन राईको अध्यक्षतामा भएको सो कार्यक्रमलाई काशीहाङ राईले सञ्चालन गरेका थिए ।

यस्तै पथरीशनिश्चरे नगर युथ फोर्स पनि गठन गरिएको छ । भक्त राईको संयोजकत्वमा १ सय ५१ सदस्य कमिटी गरिएको हो । सह–संयोजक देव साम्पाङ, सदस्यहश्र क्रमशः प्रभ रसाइली, रामकुमार राई, कुलमणि गुरुङ, रोश थक्लुङ, तेजपाल लिम्बु, रोहित सुब्बा, चन्द्र थाम्सुङ, प्रकाश राई, श्याम विक, शंकर महतो (सेवारो), दिपराज राई, नरेश सुब्बा, सुभाष राई, निर्मल साँवा, राजन तिम्सिना, राम श्रेष्ठ, उमेश श्रेष्ठ, गणेश श्रेष्ठ लगायत रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.