क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा भएको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि किर्तिपुर सात बाघले आफ्नो पोल्टामा पारेको छ ।
आइतबार रोयल किङ माथि ३ विकेटको जित निकाल्दै दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो । टस जितेर व्याटिङ गरेको रोयलले सात बाघलाई १०७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । रोयलका राज बस्नेतले २२ भूपेन्द्र राईले १९ र भानु बिकले १४ रन बनाए । किर्तिपुरका अनिश लुइटेलले ४ अस्विन महतले २ तथा रहर लामाले १ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको सातबाघले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । सातबाघका अनिश लुइँटेल २६ निधित राईले २५ र रहर लामाले रहर लामाले १६ रन बनाए । रोयल किङका दिपेश श्रेष्ठले ३ भूपेन राई महेश कार्कि र राज बस्नेतले १ / १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच अनिश लुइटेल घोषित भए ।
विजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी प्राप्त ग¥यो । उपविजेताले ५५ हजार ५ सय ५५ मा सीमित भयो । प्रतियोगिताको बिधागत तर्फ क्लासिक एलाभेन हसन्दहका खेलाडीको आधिपत्य रह्यो । उदयीमान प्रभाशाली खेलाडी हिसाब किताबका नेल्सन दंगाल र हसन्दका सुजन खत्री घोषित हुँदा क्लासिक एलाभेन हसन्दहका सुधीर बस्नेत उदयीमान खेलाडीको ट्रफी जिते ।
उत्कृष्ट क्याचको उपाधि बुद्ध युनाइटेडका राकेश राईले जिते । उत्कृष्ट क्षेत्र रक्षण हसन्दहका सोलोमन राईले जिते । उत्कृष्ट व्याटमेन र प्रतियोगिताकै उत्कृष्ट खेलाडी हसन्दहकै सन्जिव धिमाल घोषित भए ।उत्कृष्ट बलर रोयलका बिश्व जंग बस्नेतले ट्रफी जिते ।
विजेता र उपविजेतालाई प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो र प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, वडा नं. १ का अध्यक्ष भीमकुमार राई लगायतका अतिथिहरुले उपाधि वितरण गर्नुभएको थियो । प्रमुख अतिथि तुम्वापाले पथरीशनिश्चरेलाई पनि क्रिकेटको माध्यमबाट चिनाउने आशा राखेको बताउनुभयो ।