पथरीशनिश्चरेवासी झुमे सिम्रिक दिपावली साँझमा - Crazysaptahik.com

पथरीशनिश्चरेवासी झुमे सिम्रिक दिपावली साँझमा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित रत्न चौकमा रहेको रेडियो सिम्रिक एफ. एम .९६.५ द्वारा आयोजित सिम्रिक दिपावली साँझमा पथरीशनिश्चरेवासी मजैले झुमे ।
विहिबार भएको सो कार्यक्रममा नेपालकी चर्चित गायिका मल्लिका कार्कीलाई नेपाली गीत– सङ्गीतमा उनले पुराएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिम्रिक दिपावलीको सो अवसरमा सम्मान पत्रले सम्मानित गरिएको थियोे ।

गायिका कार्कीले गाएका चलचित्र तथा आधुनिक गीत गाउदा दर्शकले कम्मर मर्काई– मर्काई नाचेका थिए । त्यसरी नै गायक विनोद खम्बुले उनका चर्चित गीत मार्फत दर्शकमाझ हुटिङ पाए भने गायकहरु रविन कन्दङ्वा, नन्दु गुरुङ, अर्जुन सेन्चुरीले आफ्ना उत्कृष्ट गीतहरु प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सो कार्यक्रमलाई थप मनोरञ्जन दिलाउनका लागि स्थानीय पथरी डान्स सेन्टरको बेजोड नृत्यले थप आकर्षशता बढाएको थियो ।सोही कार्यक्रमको विशिष्ट अतिथिमा पथरी इलाका प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतमले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता अमीर राईले गरेका थिए । सोही कार्यक्रमको सञ्चालनद्वय राम विक, निमा तामाङले गरेका थिए ।

सम्बन्धित खवर