कोलोराडोमा लक्ष्मी पुजासँगै सांगीतिक कार्यक्रम - Crazysaptahik.com

कोलोराडोमा लक्ष्मी पुजासँगै सांगीतिक कार्यक्रम

हेम गिरी
कोलोराडो । नेपालीहरूको महान् चाड शुभ दीपावलीको अवसरमा कोलोराडोमा रहेको (आर एण्ड ए) होम–कियर अनि मेरिक डे कियरले संस्कृत अनि सांगीतिक कार्यक्रम आफ्नै कार्यालयमा आयोजना गरेको छ ।

मनि राईले संचलान गरेका कार्यक्रममा किरात साँस्कृतिक समाज कोलोराडोका कलाकरहरुले देउसी– भैलो खेल्दै, नृत्य अनि गीत प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा प्रस्तुत गरिएको नेपाली संस्कृति झल्कने नृत्यले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । परम्परागत रुपमा मनाउँदै आएको यस कार्यक्रम यही २४ तरिका लक्ष्मी पुजाको आयोजना साथै सम्पन्न गरिएको थियो ।

कार्यक्रममा होम–कियरबाट पनि प्रस्तुति प्रस्तुत गरिएको थियो । सांगीतिक कार्यक्रमसंगै दीपावलीको शुभकामना आदान–प्रदान समेत गरिएको थियो । कार्यक्रममा किरात सांस्कृतिक समाज कोलोराडोका सचिव ल्वागुन राईले शुभकामना सन्देश प्रदान गरेका थिए ।

विगत ३ वर्षदेखि कोलोराडोमा नेपाली भाषा कक्षा संचालन गर्दै आएका (आर एण्ड ए) होम–कियरले नेपाली समाजका बालबालिकाहरुलाई नृत्य कक्षा संचलान गर्नको लागि हल अनि नृत्य प्रशिक्षकको व्यस्थापान गर्नको लागि सहयोग गर्ने होम–कियर डाईरेक्टर केदार खतिवडाले घोषणा गरेका छन् ।

नेपाली पन, संस्कार संस्कृत अनि भाषा बचाई राख्न सधै लागि पर्नेहरुको लागि (आर एण्ड ए) होम–कियर सारथी बन्न पुगेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.