कानेपोखरीमा वृहत् सरसफाई कार्यक्रम - Crazysaptahik.com

कानेपोखरीमा वृहत् सरसफाई कार्यक्रम

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा अवस्थित चिसाङ खोला देखि डाँसखोलासम्म वृहत् सरसफाई कार्यक्रम गरिएको छ ।

कानेपोखरी गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय पथरीको सहकार्यमा पूर्वपश्चि राजमार्गको उत्तरदक्षिण फ्याकिएको फोहोर उठाउँर्दै सरसफाई गरिएको हो ।

कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकरीको नेतृत्वमा नगर प्रहरी, कर्मचारी, जनप्रतिनिधि र इप्रका पथरीका डिएसपी बेदप्रसाद गौतमको नेतृत्वमा जनपथ प्रहरी, ट्राफिक प्रहरी र म्यादी प्रहरी सहितको टोलीले फोहोर उठाउँर्दै सरसफाई गरेका थिए ।

मंगलबार चिसाङ खोला देखी पूर्व कानेपोखरी चोक हुर्दै पूर्व फोहोर उठाएका थिए भने बाँकी रहेको र आइतबारे देखी कानेपोखरी चोक सम्म सरसफाई बुधबार पनि रहेको अध्यक्ष राजमती इङ्नाले जानकारी गराइन् । फोहोर मुक्त पालिका, समृद्ध पालिका बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रममै रहेकोले यहाँबाट सुरु गरिएको उनीले बताइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरुले कानेपोखरी गाउँपालिका क्षेत्रमा गाउँघरमा गई दैनिक फोहोर उठाएर व्यवस्थापन गर्दै आएको छ । यती हुँदा हुर्दै पनि कानेपोखरी चोकमा भने होटलवालाहरुले होटलको फोहोरहरु सडकमै फाल्ने गर्दै आएका थिए । यसरी मुख्य सडकमै फोहोर फाल्दा त्यहाँ दुर्गन्दित हुर्दै आएको थियो ।

कानेपोखरी चौकको उत्तर र दक्षिण सडकमा अब फोहोर नहुने गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बताए । चौकचौकमा डस्विन राखेर हप्तामा दुई र तीन पटक ट्याक्टरबाट फोहोर उठाएर यसको समाधान गरिने उनले बताए ।

सम्बन्धित खवर