क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रम आजबाट सुरु भएको छ ।
नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीको प्राविधिक सहयोगमा कात्तिक १८ गतेदेखि २० गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रम पथरीशनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशुपन्छी तथा मत्स्य विकास शाखा पथरीको आयोजनामा भएको हो ।
पशु सेवा केन्द्र पथरीशनिश्चरे–६ मंगलबारेमा पहिलो दिन भएको सो कार्यक्रममा ७७ वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइएको पशुपंक्षी शाखा प्रमुख पर्वत साहले जानकारी दिनुभयो ।