पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य - Crazysaptahik.com

पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य दिएको छ । सिड्नीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८५ रन बनायो ।

पाकिस्तानका लागि इफ्तिकर अहमद र सादब खानले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका अहमदले ५१ रन बनाए । त्यस्तै २२ बल खेलेका खानले ५२ रन बनाए । उनले २० बलमा अर्धशतक बनाएका हुन् ।

उनी टी–ट्वान्टी विश्वकपमा कम बलमा अर्धशतक बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । त्यस्तै मोहम्द हरिस र मोहम्द नवाजले २८–२८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि नोर्कीयाले चार विकेट लिए ।

खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनल सम्भावनालाई जोगाइ राख्ने योजनामा छ । यता दक्षिण अफ्रिका भने खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।

सम्बन्धित खवर