क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रममा आज पनि सञ्चालन भएको छ ।
नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीको प्राविधिक सहयोगमा आज दोस्रो दिन ९३ वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्ध खोप लगाइएको हो । पहिलो दिन हिजो ७७ वटा कुकुरलाई बन्ध्याकरण र खोप लगाइएको थियो ।
कार्यक्रम पशु सेवा केन्द्र पथरीशनिश्चरे–६ मंगलबारे भएको थियो । शिविर भोलि समापन गरिने नगरका पशुपंक्षी शाखा प्रमुख पर्वत साहले जानकारी दिनुभयो ।