नगर पशु अस्पताल निर्माण हुने - Crazysaptahik.com

नगर पशु अस्पताल निर्माण हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ३ प्रगति टोलमा नगर पशु अस्पताल निर्माण हुनेभएको छ ।

नेपाल लाइभस्टक इनेस्जेसन सेक्टरको अनुदानमा अस्पताल निर्माण हुनेभएको हो । आज नगरपालिकाले नर्सिङ कन्स्ट्रक्सन प्रा.लि. जलेश्वरलाई भवन निर्माणको लागि जग्गा जिम्मा लगाएको छ ।

उक्त अस्पताल निर्माण हुने जग्गा स्थानीय ताराप्रसाद कोइराला लगायत कोइराला परिवारमा उपलब्ध गराएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती र ३ नं. वडाध्यक्ष बिजय लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

३ कठ्ठा ६ धुर जग्गामा निर्माण हुने सो अस्पतालको लागत १ करोड ८१ लाख ९८ हजार ८ सय ७६ रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर