पथरीमा गठबन्धनको पक्षमा मत माग्ने कर्मचारी निष्कासित - Crazysaptahik.com

पथरीमा गठबन्धनको पक्षमा मत माग्ने कर्मचारी निष्कासित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको छ ।

आज विहान विवादपछि मत माग्ने कर्मचारी विनिता दाहाललाई मतदान केन्द्रबाट निष्कासित गरिएको छ । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ति कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेकी थिइन् । कर्मचारी दाहाल सुकुना क्याम्पसकी शिक्षिका रहेको खुल्न आएको छ ।

सो पछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएपछि वडा अध्यक्ष बिजय लिम्बु र राजनैतिक दलका प्रतिनिधिको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्र बाहिर निकालिएको छ ।

सम्बन्धित खवर