रोनाल्डोले छाडे युनाइटेड - Crazysaptahik.com

रोनाल्डोले छाडे युनाइटेड

क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडमा ३४६ खेल खेलेर १४५ गोल गरेका रोनाल्डोले दोस्रो पटक युनाइटेड छोडेका हुन् ।

रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० प्रिमियर लिग खेल खेल्दै १ गोल गरेका छन् । गत सिजन मात्र युनाइडेटमा गएका रोनाल्डोले ४० लिग खेल खेल्दै १९ गोल गरेका छन् ।

पछिल्लो समय युनाइटेडका लागि कमै खेलमा सहभागी भएका रोनाल्डोले कमै समय मैदानमा बिताउन पाएका छन् । रोनाल्डोले युनाइटेडको बारेमा गरेको आलोचनाले पछिल्लो समय चर्चा पाएको थियो ।

रोनाल्डो यसअघि सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहेर स्पेनिस क्लब रियल मड्रिडमा आएका थिए । रियलमा १० वर्ष विताएका रोनाल्डो युभेन्ट्स हुँदै पुनः युनाइटेडमा गएका थिए ।

सम्बन्धित खवर