बीसीसीआईले बंगलादेशविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा गरेको छ । रविन्द्र जडेजाले यो टोलीमा स्थान पाउन सकेनन् । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार रविन्द्र जडेजा अझै घुँडाको समस्याबाट निको हुन सकेका छैनन् ।
सेप्टेम्बरमा उनको घुँडाको शल्यक्रिया भएको थियो । रविन्द्र जडेजाको स्थानमा बंगालका अलराउन्डर शाहबाज अहमदले स्थान पाएका छन् । शाहबाज अहमद न्यूजिल्याण्डमा भएको तीन खेलको एकदिवसीय शृंखलामा भारतीय टोलीको हिस्सा थिए ।
उनले यसै वर्ष सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।भारतीय टोलीमा परेका खेलाडीहरु– रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर) ), शहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, दीपक चाहर, कुलदीप सेन।