नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । ब्राजिलियन स्टार नेयमारले एन्कल चोटको कारण समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
नेयमारले सर्बिया विरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिलले २–० गोलको जित निकालेको थियो ।